सोमबार असोज १२, २०८३
लुक्लामा ११ दिनमा १८४ वटा उडान
सोलुखुम्बुः सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा असोज १ गतेदेखि ११ गतेसम्म १८४ वटा उडान भएका छन्। इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रुद्रकुमार गिरीका अनुसार उक्त अवधिमा १३१ वटा जहाज र ५३ वटा हेलिकप्टरले उडान भरेका हुन्।
यस अवधिमा सीता, तारा र समिट एयरलाइन्सका जहाजले लुक्लामा नियमित उडान भरेका थिए। हवाई सेवामार्फत १७५२ जना विदेशी पर्यटक लुक्ला भित्रिएका छन् । उक्त संख्यामा पर्यटक भित्रिँदा चार सय १० जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।
मौसम प्रतिकूल भएका कारण असोज १, २ र ९ गते भने उडान पूर्ण रूपमा प्रभावित भएको थियो। ती दिन मौसम बिग्रिएपछि कुनै पनि उडान हुन नसकेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभएको छ। शरद् पर्यटकीय सिजन सुरु भएसँगै लुक्ला विमानस्थलमा हवाई चाप बढ्न थालेको छ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत


2026-09-30-07-57-36.jpeg)



2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
