सोमबार, १५ भदौ, २०८३ (1788113700)
सोमबार भदौ १५, २०८३

 महाकुलुङ गाउँपालिकाद्वारा  २५ लाख २१ हजारभन्दा  बढी राज्वश संकलन

     सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा २५ लाख भन्दा बढी आफ्नो आन्तरिक राजस्व सकंलन  गरेको छ ।  गाउँपालिकाले २०८१÷८२ को तुलनामा आव २०८२÷८३ मा आफ्नो आन्तरिक राजस्व संकलन बढाउँदै कुल २५ लाख २१ हजार ३७६ रुपैयाँ २८ पैसा राज्वश सकंलन  गरेको  हो  ।   आर्थिक वर्ष २०८१÷८२ मा कुल २४ लाख ४७ हजार ८९ रुपैयाँ २४ पैसा आन्तरिक राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा करको दायरा विस्तार र नयाँ शीर्षकहरूको समायोजनसँगै राजस्वमा सुधार आएको गाउँपालिकाले जनाएको छ । 
   महाकुलुङ गाउँपालिकाको राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान भूमिकर तथा मालपोत क्षेत्रको रहेको छ, जसबाट आव २०८२÷८३ मा ७ लाख ६ हजार ५९७ रुपैयाँ १६ पैसा संकलन भएको छ । यो रकम अघिल्लो आवको ६ लाख ६० हजार ४६२ रुपैयाँ ५२ पैसाको तुलनामा उल्लेख्य वृद्धि हो।  नागरिक सेवाकातर्फ सिफारिस दस्तुरबाट ४ लाख ५७ हजार ४१२ रुपैयाँ ४ पैसा संकलन भई दोस्रो ठूलो हिस्सा ओगटेको छ भने अघिल्लो वर्ष यस शीर्षकबाट ३ लाख ६३ हजार ७१३ रुपैयाँ ८८ पैसा आम्दानी भएको थियो। 
   यसैगरी, प्रशासनिक तथा अन्य सेवा शुल्क र बिक्री शीर्षकबाट ३ लाख १६ हजार ६६ रुपैयाँ, नगद दाखिला शीर्षकबाट ३ लाख ६४ हजार ५०० रुपैयाँ र अन्य करबाट १ लाख ६० हजार ७४९ रुपैयाँ ३८ पैसा पालिकाको कोषमा दाखिला भएको  गाउँपालिकाको विवरणमा उल्लेख  गरीएको छ । 
    अन्य विभिन्न शीर्षकहरूतर्फ व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ६२ हजार ५०० रुपैयाँ, बेरुजु सकंलनबाट ६७ हजार ५२० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ४० हजार ९०० रुपैयाँ, अन्य दस्तुरबाट ३२ हजार ६६३ रुपैयाँ, र व्यक्तिगत घटना दर्ता दस्तुरबाट २५ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ । 
    त्यसैगरी, अन्य राजस्वबाट २५ हजार रुपैयाँ, घर बहाल करबाट २१ हजार ६७८ रुपैयाँ, परीक्षा शुल्कबाट १९ हजार ९०० रुपैयाँ, नक्सापास दस्तुरबाट १६ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १० हजार ४०० रुपैयाँ र कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारबाट ९ हजार ३६९ रुपैयाँ प्राप्त भएको छ।
    साथै, कृषि उत्पादन बिक्रीबाट १ हजार ७३५ रुपैयाँ, साना सवारी साधन करबाट १ हजार रुपैयाँ, व्यवसाय करबाट ६०० रुपैयाँ र न्यायिक दस्तुरबाट २०० रुपैयाँ संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा सम्पत्ति करबाट १ हजार ५६० रुपैयाँ र सरकारी सम्पत्तिको बिक्रीबाट २ लाख ३५ हजार ४२० रुपैयाँ ६४ पैसा संकलन भएको विवरणमा उल्लेख छ। कर समायोजन र आन्तरिक स्रोत व्यवस्थापनमा गरिएका नयाँ प्रयासहरूसँगै गाउँपालिकाले आफ्नो वित्तीय आत्मनिर्भरतातर्फको यात्रालाई बलियो बनाउँदै लगेको छ ।