भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
सोलुखुम्बु : बुधबार बिहान करिब ९ बजेतिर चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट अचानक आएको भीषण बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता भएका छन । काम तथा रोजगारका शिलशिलामा रसुवा, नुवाकोटलगायतका क्षेत्रमा पुगेका १८ जना बेपत्ता भएका हुन । सम्पर्कविहिन हुनेमा सोलुदुधुकण्ड नगरपालिका ८ का धनबहादुर तामाङ, सुरेश मगर र अनिस मगर रहनुभएको छ ।
यस्तै सोलुदुधकुण्ड नगरपालिका १० का पासाङ काजी शेर्पा, दोर्जी तामाङ, रोजित तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ र रिन्जी तामाङ रहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । यस्तै रसुवा क्षेत्रबाट थुुलुङ दुधकोशी गाउँपालिका २ का बाबुराम खत्री, लिखुपिके गाउँपालिका ५ का निमा शेर्पा र अजुर्न भुजेल पनि सम्पर्कविहिन हुनुभएको छ ।
माप्य दुधकोशी गाउँपालिका १ का नुरु जाङबु शेर्पा, माप्य दुधकोशी २ का तुला बहादुर मगर र हर्क बहादुर मगर, माप्य ४ का ओमनाथ राई र सोताङ गाउँपालिकाका अम्बिर नाछिरिङ सम्पर्कविहिन हुनुभएको छ । यता जिल्ला प्रहरी प्रहरी कार्यालय सोलुखुम्बुमा ७ जना सम्पर्क विहिन भएको परिवारबाट जानकारी प्राप्त भएको छ । प्रहरीले प्रहरी हेडक्वाटर, रसुवा, धादिङ र नुवाकोट प्रहरीसँग समन्वय गरिरहेको भएता पनि हालसम्म कोही सम्पर्क भने नआएको सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक नविन राज बुढाथोकीले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
ताजा खबर
सबै- रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
- भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
- सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित
- चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु
- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन



2026-08-25-08-10-10.jpeg)


2026-08-22-03-46-25.jpeg)
