सोमबार, १५ भदौ, २०८३ (1788027300)
आइतबार भदौ १४, २०८३

रसुवा बाढीपीडितका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले २२ लाखभन्दा बढी सहयोग गर्ने 

    सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवा बाढीपीडितका लागि २२ लाखभन्दा बढी रकम सहयोग गर्ने भएको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा  आएको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले प्रेस विज्ञप्ति मार्फत रु। २२,२२,०००र( ९बाइस लाख बाइस हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
   गाउँपालिकाका अध्यक्ष मिड्मा छिरी शेर्पाद्वारा जारी विज्ञप्तिअनुसार सो बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना र घाइते एवम् प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन गाउँपालिकाका जनप्रतिनिधिहरूको एक महिनाको सेवा(सुविधा र गाउँपालिकाको तर्फबाट गरी उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरिएको हो।
विपद् कुनै एउटा भूगोल, समुदाय वा स्थानीय तहको मात्र नभई साझा मानवीय चुनौती भएको उल्लेख गर्दै गाउँपालिकाले सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, सङ्घ(संस्था, निजी क्षेत्र र आम नागरिकलाई सक्दो सहयोग गर्न अपिल समेत गरेको छ। साथै प्रभावितहरूको पुनर्निर्माण र पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ।