सोमबार, १५ भदौ, २०८३ (1788113700)
सोमबार भदौ १५, २०८३

रसुवाको बाढीमा परेका सम्पर्कविहीन व्यक्तिहरूको विवरण बुझाउन सोलुखुम्बु प्रशासनको  आह्वान

    सोलुखुम्बुः रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएका क्षेत्रहरूमा सोलुखुम्बुबाट रोजगार, व्यापार तथा अन्य कामको सिलसिलामा पुगेका व्यक्तिहरू अझैसम्म आफन्तको सम्पर्कमा नआएको भए खोज तथा उद्धारका लागि विवरण टिपाउन आग्रह गरिएको छ । 
    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले एक सूचना जारी गर्दै सम्पर्कविहीन भएकाहरूलाई उद्धार कार्यमा समन्वय गर्नका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर वा नजिकैको प्रहरी चौकी तथा वडा कार्यालयहरूमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
   बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेमा प्रशासनले उद्धार र समन्वयलाई सहज बनाउन यो सूचनामार्फत विशेष ध्यानकर्षण गराएको छ। सम्बन्धित सबैलाई ढिलाइ नगरी नजिकको स्थानीय निकाय तथा प्रहरी कार्यालयमा सम्पर्क गरी विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।