हुँगा खोला जलविद्युत् आयोजनाको ८०० लिटर डिजेल चोरी, खरिदकर्तासहित ५ जना पक्राउ
सोलुखुम्बुः महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुँगा खोला जलविद्युत् आयोजनाबाट करिब ८०० लिटर डिजेल चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने चार जना चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी एवं प्रहरी निरीक्षक निर्मल थापाका अनुसार विशेष सूचनाका आधारमा भदौ ७ गते बिहान करिब ४ बजे उनीहरूलाई करिब ६७५ केजी अर्थात् अन्दाजी ८०० लिटर डिजेलसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय केशव कार्की र २४ वर्षीय लिला बहादुर चौहान, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ का २५ वर्षीय याम बहादुर बस्नेत तथा वडा नं. ६ मुक्लीका २४ वर्षीय आकाश राई रहेका छन्।
त्यस्तै, चोरी गरिएको डिजेल खरिद गरेको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका–८ का ४२ वर्षीय श्याम बहादुर जोगालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध प्रहरीले चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ। उनीहरूलाई भदौ ८ गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराई पहिलो पटक पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

ताजा खबर
सबै- रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
- भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
- सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित
- चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु
- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन



2026-08-25-08-10-10.jpeg)

2026-08-22-03-46-25.jpeg)