मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
सोलुखुम्बुः मिड सोलु हाइड्रोपावर लिमिटेडको कुल ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन आगामी असोज १० गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ६० हजार ६६० कित्ता र कर्मचारीतर्फको १७ हजार २१३ कित्ता शेयरको लकइन असोज १० गतेपछि सकिने भएको छ ।
सर्वसाधारण लगानीकर्तामा २०८० साल असोज १० गते आईपीओ बाँडफाँट गरेको कम्पनीले सोहि मितिदेखि यी शेयर तीन वर्षका लागि लकइनमा राखेको थियो । लकइन अवधि सकिएपछि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी वाहेक अरुले आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्नेछन् ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको कुल ८६ लाख ६ हजार ६०० कित्ता शेयर सूचीकृत रहेको छ । कुल कित्ता शेयरमध्ये संस्थापक तर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
ताजा खबर
सबै- महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
- नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
- मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
- क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
- शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य

2026-08-12-12-40-36.jpeg)
2026-08-10-10-39-03.jpeg)
2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)

