भोटेकोशी बाढीमा सोलुखुम्बुका ३७ जना बेपत्ता, ४ जना सम्पर्कमा
सोलुखुम्बुः चीनको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजेतिर अचानक आएको भीषण बाढीमा परी सोलुखुम्बुका ३७ जना अझै सम्पर्कविहीन रहेका छन् भने ४ जना सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाका अनुसार खोज तथा उद्धार कार्य जारी राखिएको छ।
बाढीपछि सम्पर्कविहीन हुनेहरूमा लिखु पिके–५ का ४१ वर्षीय दिल बहादुर भूजेल (अर्जुन) र ङिमा शेर्पा, लिखु पिके–१ का साङ्गे शेर्पा, सोताङ–४ का सोना शेर्पा, थुलङ दुधकोशी–२ का बाबुराम खत्री तथा सोलुदुधकुण्ड–१ का भुपाल बुर्ज मगर रहेका छन्। त्यस्तै सोलुदुधकुण्ड–८ का ४६ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीय सुरेश मगर र ३१ वर्षीय अनिस मगर तथा सोलुदुधकुण्ड–१० का ४५ वर्षीय पासाङ काजी तामाङ, ४३ वर्षीय दोर्जी तामाङ, रोजीत तामाङ, पासाङ तामाङ, सगर तामाङ र रिन्जी तामाङ पनि हालसम्म सम्पर्कमा आएका छैनन्।
माप्य दुधकोशी गाउँपालिकाबाट नुरू जाङ्बु शेर्पा (वडा नं १), तुला बहादुर मगर, हर्क बहादुर मगर, प्रकाश राना मगर, ३८ वर्षीय तुल बहादुर थापा मगर, ४७ वर्षीय हर्क बहादुर मगर, २५ वर्षीय प्रकाश मगर (सबै वडा नं २ ), ३४ वर्षीय नवीन घिमिरे (वडा नं ३ खुस्कुम) र ३९ वर्षीय रामजी तामाङ (वडा नं ५) बेपत्ता रहेका छन्।
यसै गरी नेचासल्यान–१ का ३४ वर्षीय आङ फुर्बा शेर्पा, महाकुलुङ–३ छेस्कामका २५ वर्षीय सुशान्त कुलुङ, सोलुदुधकुण्ड–८ चिम्दीका ३० वर्षीय बिकाश श्रेष्ठ र थुलुङ दूधकोशी–२ काङेलका सेनाका प्युठ विनोद बस्नेतको अवस्था पनि अज्ञात छ।
अन्य बेपत्ता हुनेहरूमा थुलङ दुधकोशी–९ का ४८ वर्षीय पान्देउ राई, थुलङ दुधकोशी–८ का ५० वर्षीय डम्बर राई, सोताङ–४ नाम्लुङका २५ वर्षीय अम्बिर नाछिरीङ, ४२ वर्षीय प्रेम कुमार राई र ३२ वर्षीय अमित भन्ने कर्ण नाछिरीङ रहेका छन्। सोताङ–२ घर भई काठमाडौँ बस्दै आएका ४४ वर्षीय ग्याल्जेन शेर्पा र ३३ वर्षीय दागुम्भु शेर्पा परिवारसहित बेपत्ता भएका छन्। यस्तै महाकुलुङ–५ चाचालुङका ४५ वर्षीय सुबोधन राई र महाकुलुङ–४ लुचामका ४७ वर्षीय निर कुमार राई पनि सम्पर्कविहीन रहेका छन्।
यसैबीच ४ जना भने सम्पर्कमा आएका छन्। खुम्बु पासाङल्हामु–२ मुसेका २८ वर्षीय पासाङ दावा शेर्पा र सोलुदुधकुण्ड–१० का छिरिङ तामाङको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उद्धार गरिएको विवरण मिलेको छ। माप्य दुधकोशी–४ का ओमनाथ राई भदौ ११ गते राति करिब ८ बजे आफन्तको सम्पर्कमा आएका छन् भने लिखु पिके–१ का दोर्जी शेर्पा तिब्बततर्फ सकुशल रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- दुधकुण्ड मेलामा ६१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा, लेक लागेका २ जनाको आकस्मिक उद्धार
- भोटेकोशी बाढीमा सोलुखुम्बुका ३७ जना बेपत्ता, ४ जना सम्पर्कमा
- सोलुखुम्बुमा वन्यजन्तुको आक्रमणबाट प्रभावित पीडितहरूलाई ४ लाख बढी राहत वितरण, केहीको भुक्तानी बाँकी
- सोलुखुम्बुमा भदौ चौध गते सात घण्टा विद्युत आपूर्ति बन्द हुने
- जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ सेवा र एम्बुलेन्स सञ्चालनको तयारी



2026-08-25-08-10-10.jpeg)



