सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन
सोलुखुम्बुः सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन्। तिलगङ्गास्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न निर्वाचनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलका अनुसार संघको विधान २०५७ तथा संशोधनसहितको विधान २०५९ बमोजिम अध्यक्षसहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा डिकी शेर्पा र द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल चयन भएका छन्। त्यसैगरी महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा तथा कोषाध्यक्षमा वाङ्दा शेर्पा निर्विरोध निर्वाचित भएका छन्। संघका सदस्यहरूमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा पनि निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा पर्वतारोहीहरूको हकहित र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पर्वतारोहण क्षेत्रको विकास, वातावरण संरक्षण तथा पर्वतारोहण पर्यटनको प्रवद्र्धनका लागि संघले सक्रिय भूमिका खेल्ने बताए। सगरमाथा आरोही तथा समग्र पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूको अधिकार र हितको संरक्षणका लागि समेत आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
सगरमाथा आरोही संघले लामो समयदेखि पर्वतारोहीहरूको हित, पर्वतारोहण पर्यटनको प्रवद्र्धन तथा सगरमाथा क्षेत्रको संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्व चयनसँगै संघले आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र नेपालको पर्वतारोहण पर्यटनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
ताजा खबर
सबै- रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
- भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
- सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित
- चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु
- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन



2026-08-25-08-10-10.jpeg)

2026-08-22-03-46-25.jpeg)
