बिहीबार, ११ भदौ, २०८३ (1787681700)
बुधबार भदौ १०, २०८३

चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु

    सोलुखुम्बुः  चलचित्र क्षेत्रमा प्रोडक्सन तथा बजार सम्हाल्दै आएका नवीन श्रेष्ठ अब म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय भएका छन्। आसुशेन फिल्म्स ब्यानरमा निर्देशक सन्तोष सेनसँग सहकार्य गरी अनुभव सम्हालेका श्रेष्ठले हालसम्म दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। विभिन्न चलचित्रमा काम गर्दै प्राप्त गरेको अनुभवका आधारमा उनले पूर्वमा आफ्नो छुट्टै पहिचानसमेत बनाएका छन्। चलचित्र क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई नयाँ सिर्जनामा प्रयोग गर्दै श्रेष्ठले पहिलोपटक म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका हुन्।
    उनले निर्देशन गरेको म्युजिक भिडियो ‘पैसा’ को भिडियो स्टोरीसमेत आफैंले तयार पारेका छन्। हाइफाइभ मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘पैसा’ मा बिकास श्रेष्ठ मुख्य भूमिकामा छन्। भिडियोमा रोशन मण्डल, रचना श्रेष्ठ, आशिका कार्की, अनुराग निरौला, होम पी. भट्टराई र बिनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। 
   भिडियोमा रविस्था को शब्द तथा ¥याप रहेको छ। राहुल राई निर्माता तथा रोशन मण्डल कार्यकारी निर्माता रहेका छन्। छायांकन सुमन तामाङ, सम्पादन हेमन तामाङ र मेकअप रचना श्रेष्ठ ले गरेका छन्। निर्देशक श्रेष्ठका अनुसार म्युजिक भिडियो ‘पैसा’ लाई कथानक शैलीमा प्रस्तुत गरेका छन्। भिडियोको कथा तथा निर्देशनमा आफ्नै सिर्जनात्मक दृष्टिकोण प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ। ‘पैसा’ को भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी रहेको छ।