रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
सोलुखुम्बुः रसुवा जिल्लास्थित भोटेकोशी र त्रिशुली लगायतका नदीहरूमा हिजो (२०८३ भदौ १० गते, बुधबार) बिहान आएको भीषण बाढीका कारण पुगेको क्षतिप्रति सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र आसपासका सीमा जोडिएका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ।
यस विषम परिस्थितिमा नेचासल्यान गाउँपालिकाबाट व्यापार–व्यवसाय, शिक्षण, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका क्रममा सो प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूको सुरक्षालाई लिएर गाउँपालिकाले विशेष चासो देखाएको छ।
गाउँपालिकाका अध्यक्ष धनजन राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बाढी प्रभावित क्षेत्रमा रहनुभएका नेचासल्यानका कुनै पनि नागरिकलाई कुनै किसिमको समस्या वा आवतजावतमा अप्ठ्यारो परेको खण्डमा तत्काल सहयोग तथा आवश्यक समन्वयका लागि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सिधै सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।”
बाढीबाट प्रभावित नागरिकहरूलाई उद्धार र राहतका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको र पालिकाका तर्फबाट आवश्यक सहयोग गर्न सधैँ तत्पर रहेको समेत अध्यक्ष राईले जानकारी गराउनुभएको छ।
ताजा खबर
सबै- रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
- भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
- सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित
- चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु
- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन



2026-08-25-08-10-10.jpeg)

2026-08-22-03-46-25.jpeg)
