क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
सोलुखुम्बुः प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा निधन भएका सोताङ गाउँपालिका–५ का ३४ वर्षीय गोपाल बस्नेतको शव तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सासंद कार्कीले गत साउन ३० गते क्रोएसियाको मेट भेट ग्रेट कम्पनीमा कार्यरत रहँदा बस्नेतको दुःखद् निधन भएको जानकारी गराउँदै उहाँले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्नुभएको छ।
विदेशी भूमिमा ज्यान गुमाएका आफ्ना नागरिकको शव स्वदेश फर्काउनु राज्यको पहिलो र प्रमुख दायित्व भएको स्मरण गराउँदै सांसद कार्कीले नेपाली दूतावास, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबिच तत्काल प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले मृतकका परिवारलाई कुनै पनि प्रकारको प्रशासनिक वा आर्थिक झन्झटमा नपारी शव शीघ्र नेपाल ल्याउने वातावरण मिलाउन सरकारको गम्भीर ध्यानकर्षण गराउनुभएको छ।
यसैगरी, सांसद कार्कीले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै बस्नेतको वास्तविक मृत्युको कारण छानबिन गर्न तथा बीमा एवं वैदेशिक रोजगार बापत परिवारले पाउनुपर्ने सम्पूर्ण सेवासुविधा र क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन माग गर्नुभएको छ। पीडित परिवारले न्याय पाउनुपर्ने र आफ्ना मान्छेको अन्तिम संस्कार गर्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने उहाँको भनाइ थियो।
ताजा खबर
सबै- महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
- नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
- मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
- क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
- शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)

