सोलुखुम्बुमा कुटपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सोलुखुम्बु — कुटपिट तथा अभद्र व्यवहार र झुठ्ठा विवरण पेश गरी दोहोरो नागरिकता लिएको छुट्टाछुट्टै अभियोगमा फरार रहेका दुई जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी सोलुखुम्बु ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी विशेष टोलीले साउन २२ गते काठमाडौँ र ललितपुरबाट ती फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जेठ १६ गते सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. १, बुङ खारेस्थित माउन्टेन भ्यु होटेलका ६५ वर्षीय सञ्चालक कामी शेर्पालाई सोही स्थानमा रहेको मेरा एल्पाइन होटेलका ४७ वर्षीय सञ्चालक पेम्बा देण्डी शेर्पाले कुटपिट तथा अभद्र व्यवहार गरी फरार रहेका थिए। वारदात पश्चात फरार रहेका निज प्रतिवादी पेम्बा देण्डी शेर्पालाई प्रहरी वृत्त बौद्ध, काठमाडौँको समन्वयमा बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
त्यसैगरी, लमु शेर्पाको जाहेरीले वादी नेपाल सरकार रहेको र प्रतिवादी ३८ वर्षीय फुरगेल शेर्पा रहेको लिखत सम्बन्धी कसूर तथा झुठ्ठा विवरण पेश गरी दोहोरो नागरिकता लिएको मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नं. ९, गोंगबु बस्दै आएका फुरगेल शेर्पालाई जिल्ला प्रहरी परिसर, ललितपुरको समन्वयमा ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
ताजा खबर
सबै- एक हप्तामा एक सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
- सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री सुरु, प्रतिबोरा १२५ रुपैयाँसम्म छुट
- सोलुखुम्बुमा एक हप्ताको अवधीमा १९ सवारी साधन कारबाहीमा, २३ हजार राजस्व संकलन
- सोलुखुम्बुमा सडक अवरोध गरी ढुङ्गामुढा गर्न खोज्ने तीन जना पक्राउ
- सोलुखुम्बुमा कुटपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
2026-08-16-01-25-51.jpeg)


2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)

