सोलुखुम्बुमा सडक अवरोध गरी ढुङ्गामुढा गर्न खोज्ने तीन जना पक्राउ
सोलुखुम्बुः जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–१, सिक्लीस्थित निर्माणाधीन ङ्किमादोर्जे सडक खण्डमा गाडी रोकेर गालीगलौज तथा ढुङ्गामुढा गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। साउन २७ गते खरिखोलादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–२, सुर्केसम्मको निर्माणाधीन सडक खण्डका सामानहरू लिन बागमती प्रदेश ०१–०२७ च २४३२ नम्बरको गाडी प्रयोग गरी सोलुदुधकुण्ड नगरपालिका–१, नुनथलातर्फ जाँदै गरेको टोलीलाई बाटोमा अवरोध पु¥याइएको थियो।
थुलुङ दुधकोशी गाउँपालिका–९, लोखिम बस्ने अन्दाजी ४० वर्षीय ठेकेदार विजय तामाङसहित ५ जनाको टोली यात्रामा रहेको समयमा सोही गाउँपालिका वडा नं. ९ का २० वर्षीय रविन तामाङ, सहित ३ जनाले अचानक बाटो छेकेर गालीगलौज गर्नुका साथै ढुङ्गामुढाको प्रयास गरेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ खरिखोलाबाट खटिएको प्रहरी टोलीले तीनै जना अभियुक्तलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । हाल उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- एक हप्तामा एक सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
- सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री सुरु, प्रतिबोरा १२५ रुपैयाँसम्म छुट
- सोलुखुम्बुमा एक हप्ताको अवधीमा १९ सवारी साधन कारबाहीमा, २३ हजार राजस्व संकलन
- सोलुखुम्बुमा सडक अवरोध गरी ढुङ्गामुढा गर्न खोज्ने तीन जना पक्राउ
- सोलुखुम्बुमा कुटपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ



2026-08-15-07-52-39.jpeg)
2026-08-16-11-55-56.jpeg)
