सोलुखुम्बु अदालतबाट सजाए तोकिएका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान
सोलुखुम्बुः सोलुखुम्बु जिल्ला अदालतको फैसलाबाट बहुविवाह तथा हाडनातामा विवाह सम्बन्धी कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
जिल्लाको सोताङ गाउँपालिका–४ बस्ने ४७ वर्षीय अमर बहादुर तामाङ र ३५ वर्षीया छनिमाया भन्ने सुस्मा तामाङलाई अदालतको लगत नम्बर ९५३ को मुद्दामा जनही ५ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना ठहर भएको थियो। फैसला पश्चात् फरार रहँदै आएका उनीहरूलाई इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी जवान टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको हल्दीबारी गाउँपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई साउन २९ गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशानुसार फैसला कार्यान्वयनका लागि सल्लेरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा बढी असर परेको ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पाको भनाइ
- कृषि ज्ञान केन्द्र सोलुद्वारा आयोजित तीन दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न
- सोलुखुम्बु अदालतबाट सजाए तोकिएका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान
- सल्लेरीमा लाखे नाचको रौनकता
- सोलुखुम्बुमा शत प्रतिशत धान रोपाइँ सम्पन्न






