बिहीबार, २८ श्रावण, २०८३ (1786472100)
बुधबार श्रावण २७, २०८३

  सोलुखुम्बुमा नवजात शिशुसहित सुत्केरीको उद्धार

   सोलुखुम्बुः सोलुखुम्बुबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–७, देउसाकी ३८ वर्षीया शारदा बस्नेतले आज बिहान ७ बजे जिल्ला अस्पताल फाप्लुमा शिशुलाई जन्म दिनुभएको थियो। 
   प्रसूतिपछि उहाँमा अत्यधिक रक्तस्राव भइ उपचार सम्भव नभएको कारण आमा र नवजात शिशु दुवै जनालाई थप उपचारका  राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गतको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिनुभयो।