सोलुखुम्बुको सल्लेरी हाटबजारः आलु बेचेर नुन–तेल धान्नै धौ–धौ
सोलुखुम्बु — सोलुखुम्बुको मुख्य व्यापारिक केन्द्र सल्लेरीमा प्रत्येक शनिबार लाग्ने हाटबजारमा आलु बेच्न आउने स्थानीय किसान तथा व्यापारीहरूले उत्पादनदेखि बजारसम्म पु¥याउँदा अनेकौँ सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। वडा तथा नगरपालिकाबाट आवश्यक मल र बीउको सहयोग नपाउनुका साथै भण्डारण र ढुवानीको ठूलो समस्याले गर्दा आलु खेतीबाट सोचेजस्तो आम्दानी हुन छाडेको उनीहरूको भनाइ छ।
स्थानीय किसानहरूका अनुसार गाउँमा उत्पादन भएको आलुले मात्र बजारको माग धान्न र पर्याप्त आम्दानी दिन छाडेको छ। एकातिर समयमा मल र राम्रो बीउको अभाव छ भने अर्कोतिर उत्पादन भएको आलु घर वा गोदाममा राख्दा किरा लागेर कुहिने ठूलो समस्या छ। भण्डारणमा किरा लागेपछि बीउसम्म जोगाउन मुस्किल हुने भएकाले बिग्रिनुअघि नै हतार–हतार हाटबजारमा ल्याएर सस्तो मूल्यमै भए पनि आलु बेच्नुपर्ने बाध्यता रहेको तिकंलाकी आलु व्यापारी कुमारी कार्की बताउनुहुन्छ।
सल्लेरी हाटबजारमा व्यापारीहरूले आलुको आकार अनुसार सानो आलु प्रतिकिलो १५० रुपैयाँ र अलि ठूलो आलु २०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। तर, हाटबजारसम्म आलु ल्याउन लाग्ने अत्यधिक ढुवानी खर्चले किसानलाई ठूलो आर्थिक बोझ थपेको छ । गाउँबाट सल्लेरीसम्म आलु बोकेर ल्याउँदा गाडी भाडामै १२ देखि १३ सय रुपैयाँसम्म खर्च हुने गरेकाले किसानहरू मारमा परेका छन्।
दिनभर हाटबजारमा बसेर आलु बिक्री गरे पनि त्यसबाट आएको रकम गाडी भाडा तिर्न, बजारमा खाजा खान, पुरानो ऋण वा उधारो चुक्ता गर्न र घरका लागि नुन–तेल किन्नमै सिद्धिने गरेको किसानहरूको दुखेसो छ। घर फर्किने बेला हातमा सोचेजस्तो बचत नहुने भएकाले आलु खेतीबाट जीवनस्तर उकास्न कठिन भइरहेको स्थानीय बताउँछन्। सोलुखुम्बुका किसानहरूलाई आलु खेतीमा आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि स्थानीय सरकारले शीतभण्डार (कोल्ड स्टोर) को व्यवस्था, अनुदानमा मल–बीउ वितरण र ढुवानीमा सहजता मिलाइदिनुपर्ने माग उनीहरूले गरेका छन्।जिल्लाको खुम्बु पासाङ ल्हमु, सोलुदुधकुण्ड नगरपालिका, लिुखुखिके, थुलुङ दुधकोशी गाउँपालीकाको अधिकांश क्षेत्रमा आलु खेती हुन्छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो

2026-08-13-12-14-04.jpeg)


2026-08-08-08-16-35.jpeg)


