सोलुदुधकुण्डमा नातिको न्वारनमा कुटपिटबाट घाइते वृद्धको उपचारका क्रममा मृत्यु, आरोपी पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १, लुदुमा नातिको न्वारन पूजामा पुगेका एक वृद्धको कुटपिटबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका करिब ५० वर्षीय कृष्ण गोपाल विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार साउन १८ गते नातिको न्वारन पूजामा गएका विश्वकर्मामाथि आपसी विवादका क्रममा कुटपिट भएको थियो। मादक पदार्थ सेवन (मापसे) गरेका आरोपी २३ बर्षीय निरवहादुर विश्वकर्माले हातैले मुख, नाक र आँखामा प्रहार गर्दा ५० बर्षीय कृष्ण गोपाल विश्वकर्मा गम्भीर घाइते भएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा कुनै पनि धारिलो वा अन्य हतियार प्रयोग नगरी केवल हातले कुटपिट गरिएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका कृष्ष्ण गोपाल विश्वकर्मालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र टाक्सिन्दुमा भर्ना गरिएको थियो। सोही स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साउन १९ गते दिउँसो १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे साउन १९ गते प्रहरी चौकी नुनथलामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। अनुसन्धान टोलीका नेतृत्वकर्ता एवं सूचना अधिकारी निर्मल थापाका अनुसार कुटपिटमा संलग्न आरोपी प्रसाद विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हाल प्रहरीले घटनास्थल मुचुल्का उठाउने काम गरिरहेको छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको छ। घटनाका सम्बन्धमा मृतकका परिवारबाट किटानी जाहेरी आउन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
ताजा खबर
सबै- दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित
- संसदीय समितिको कायैशैलीमाथि कांग्रेस सांसद गुरुङको प्रश्न
- ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
- निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
- ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल





2026-08-04-04-46-15.jpeg)
2026-08-01-11-27-39.jpeg)