स्थानीयको श्रमदानबाट छिर्दी–नुनथला सडक मर्मत, एम्बुलेन्स तथा साना सवारी सञ्चालनमा सहज
सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ स्थित छिर्दी देखि नुनथलासम्मको जिर्ण बनेको सडक खण्ड स्थानीयवासीको सक्रियतामा श्रमदानमार्फत मर्मत गरिएको छ । साउन १६ र १७ गते दुई दिनसम्म सञ्चालित अभियानबाट सडक मर्मत गरिएपछि अवरुद्ध बनेको यातायात सहज भएको हो।
राहुजे र लुजा जलविद्युत आयोजनाका साथै अन्य ठूला मालवाहक गाडीहरूको अत्यधिक चापका कारण सडक जिर्ण बनेको थियो। सडकको दुरावस्थाका कारण साना सवारी साधन र एम्बुलेन्स समेत चल्न नसक्ने स्थिति बनेपछि स्थानीयले पटक–पटक सम्बन्धित निकाय र हाइड्रोपावरसँग मर्मतका लागि आग्रह गरेका थिए। तर उक्त आग्रहको कुनै सुनुवाइ नभएपछि वडा कार्यालयको समन्वय र स्थानीयको पहलमा श्रमदान अभियान चलाइएको प्रकाश खालिङ राईले जानकारी दिनुभयो।
वडावासी तथा स्थानीय गरी १५० जनाभन्दा बढीको सहभागितामा दुई दिनसम्म चलेको उक्त अभियानले सडकका ठूला खाल्डाखुल्डी पुर्ने, हिलाम्मे भएका स्थानहरूमा ढुङ्गा बिछ्याउने र सोली÷नाला कटान गरी बाटो पन्छाउने काम गरेको छ। श्रमदानपछि अहिले उक्त सडकमा एम्बुलेन्स तथा साना सवारी साधनहरू सहज रूपमा सञ्चालन हुन थालेका छन्।
स्थानीय सडकहरूको निरन्तर मर्मत र रेखदेखका लागि जीवन राईको संयोजकत्वमा १३ सदस्य एक ’श्रमदान समिति’ समेत गठन गरिएको छ। उक्त समितिले क्षेत्रभित्रका अन्य जिर्ण सडकहरूको पहिचान गरी मर्मत सम्भारको कामलाई निरन्तरता दिने बताएको छ। स्थानीयस्तरमै सामान्य सहयोग रकम समेत सङ्कलन गरेर सुरु गरिएको यो अभियानले विकास र पूर्वाधार संरक्षणमा जनश्रमदानको महत्त्वलाई पुनः उजागर गरेको छ।
ताजा खबर
सबै- दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित
- संसदीय समितिको कायैशैलीमाथि कांग्रेस सांसद गुरुङको प्रश्न
- ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
- निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
- ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल



2026-08-04-06-45-49.jpeg)

2026-08-04-04-46-15.jpeg)
2026-08-01-11-27-39.jpeg)