सुनकोशी नदीमा पूर्व वडाध्यक्ष लामासहित तीनजना बेपत्ता
सोलुखुम्बुः सिन्धुली सडक दुर्घटनामा सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल– ७ का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामासहित तीनजना रहेको खुलेको छ ।सिन्धुलीमा यात्रुवाहक बसले सडक किनारमा रोकि राखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब १०ः३० बजे सडक किनारमा रोकि राखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार दिलकुमार लामाको रहेको खुलेको छ ।
कारमा ठेकेदार जुगल गाउँपालिका–७ का लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम वतन नखुलेका एकजना हेल्पर बेपत्ता छन् ।घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली उद्धारमा खटिएको छ ।
ताजा खबर
सबै- दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित
- संसदीय समितिको कायैशैलीमाथि कांग्रेस सांसद गुरुङको प्रश्न
- ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
- निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
- ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल



2026-08-04-06-45-49.jpeg)

2026-08-04-04-46-15.jpeg)
2026-08-01-11-27-39.jpeg)