मंगलबार, १२ श्रावण, २०८३ (1785003300)
आइतबार श्रावण १०, २०८३

 एक वर्षमा सोलुखुम्बुमा ११ लाख ३३  हजार क्युफिट काठ निकासी

    सोलुखुम्बु ः  सोलुखुम्बुमा एक वर्षको अवधिमा ११ लाख बढी क्युफिट काठ निकासी भएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा ११ लाख ३३ हजार १५५ क्युफिट काठ निजी वनबाट निकासी भएको हो। 
    डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका निजी आवादीबाट निकासी गरिएका काठका प्रजातिहरूमा उत्तिस, गोब्रे सल्ला, पाटे सल्ला, ठिग्रे सल्ला, चिलाउने, मलातो र मौवा लगायत रहेका छन्। यी विभिन्न प्रजातिका काठको व्यवस्थित बिक्री तथा निकासामार्फत राज्यका तीनै तहका सरकारलाई उल्लेख्य राजस्व प्राप्त भएको छ।

     प्राप्त तथ्याङ्क अनुसार काठ निकासीबाट मूल्य अभिवृद्धि कर (मू.अ.कर) बापत २ करोड ९९ लाख ७८ हजार ६११ रुपैयाँ संकलन भएको छ। त्यसैगरी, प्रदेश सरकारको कोषमा जम्मा हुने गरी ५७ लाख ७० हजार ३८ रुपैयाँ ९० पैसा प्रदेश सेवा शुल्क संकलन गरिएको छ।
   स्थानीय तहतर्फ सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा संकलन भएको स्थानीय सेवा शुल्कबापत ७२ लाख ५० हजार ३९४ रुपैयाँ ६० पैसा राजस्व प्राप्त भएको छ । निजी नम्बरी जग्गामा रहेका काठको यस किसिमको व्यवस्थित र कानुनी निकासीले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै सरकारी तथा स्थानीय निकायको राजस्व वृद्धिमा ठूलो योगदान पु¥याएको छ।