सोलुदुधकुण्डका तीन बस्तीमा डेंगु सचेतना कार्यक्रम
सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र डेंगु रोगको जोखिम नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक एवम् स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले विशेषगरी धान खेती बढी हुने र डेंगु सङ्क्रमणको सम्भावना रहन सक्ने जोगारा, साल्मे र तिङ्लाको वासीगाउँमा उक्त कार्यक्रम सञ्चालन गरेको हो।
उक्त कार्यक्रमबाट वासीगाउँका ७० जना, साल्मेका २५ जना र जोगराका २० जना गरी कुल ११५ जना स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएको जनस्वास्थ्य निरीक्षक सुवाश तामाङले जानकारी दिनुभएको छ।
कार्यक्रमका क्रममा लामखुट्टेको प्रजनन स्थल नियन्त्रण गर्ने र लामखुट्टे नष्ट गर्ने तरिकाहरूबारे स्थानीयलाई व्यावहारिक जानकारी गराइएको थियो। साथै, घरवरपरको सरसफाइ, जनचेतना अभिवृद्धि र डेंगु रोगको रोकथाम तथा नियन्त्रणमा अपनाउनुपर्ने आवश्यक सावधानीका विषयमा पनि स्वास्थ्य टोलीले सिकाइएको तामाङले बताउनुभयो।
सचेतना कार्यक्रमका साथसाथै ती बस्तीहरूमा डेंगु स्क्रिनिङ परीक्षण समेत सञ्चालन गरिएको थियो। परीक्षणका क्रममा सहभागी कसैमा पनि डेंगुको सङ्क्रमण नभेटिएको र सबैको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
2026-10-06-06-34-05.jpeg)

.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)


2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-10-03-07-40-51.jpeg)