बुधबार, २१ असोज, २०८३ (1791224100)
मंगलबार असोज २०, २०८३

  खुला केन्द्रीय सदस्यमा प्रकाशसिंह कार्कीको मनोनयन दर्ता

 सोलुखुम्बुः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा  प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले खुला समूहबाट केन्द्रीय सदस्य पदमा  मनोनयन दर्ता गराउनुभएको छ।  
पार्टीको विधान र निर्धारित निर्वाचन प्रक्रियाबमोजिम मनोनयन दर्ता गराउँदै कार्कीले आफ्नो लामो राजनीतिक यात्राको अनुभवलाई वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र सांगठनिक सुदृढीकरणमा समर्पित गर्ने संकल्प व्यक्त गर्नुभएको छ।