अल्पसंख्यक सहमहामन्त्रीमा आङगेलु शेर्पाको मनोनयन दर्ता
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभागृहमा आज उत्साहजनक रूपमा मनोनयन दर्ता कार्य भइरहेको छ । निर्वाचन समितिले सञ्चालन गरिरहेको उक्त मनोनयन प्रक्रियामा पदाधिकारी पदहरूमा उम्मेदवारहरूको उल्लेख्य संख्या र चाप देखिएको छ।
मनोनयन दर्ताका क्रममा सोलुखुम्बुका नेता आङगेलु शेर्पाले सहमहामन्त्री (अल्पसंख्यक) पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ तीन कार्यकाल नेपाली कांग्रेस सोलुखुम्बुको पार्टी सभापति भएर पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएका शेर्पा १५ औं महाधिवेशनका लागि हालै भएको निर्वाचनमा सोलुखुम्बुबाट खुलातर्फ सर्वाधिक मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि चयन बन्नुभएको थियो ।
यसैगरी, वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माको अहिलेसम्म एकल उम्मेदवारी परेको छ। शर्माले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सभापति पदतर्फ भने श्यामकृष्ण खड्गीले मनोनयन दर्ता गराइसकेका छन्। सभापति पदमा उम्मेदवारी घोषणा गरेका गगनकुमार थापा र किशोरसिंह राठौरले भने समाचार तयार पार्दासम्म मनोनयन दर्ता गराइसकेका छैनन्। राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको क्रम अझै जारी रहेको छ।


2026-10-05-05-32-22.png)


2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-10-03-07-40-51.jpeg)