त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन
सोलुखुम्बुः बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ ।प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।उक्त टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गने बताइएको छ ।संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्ने छ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा पशुपन्छी पालन र उत्पादन उत्साहजनकः दूधमा भैँसी र मासुमा बङ्गुर अगाडि
- नेचासल्यान गाउँपालिकाद्वारा काठमाडौँमा दुई दिने एकीकृत सेवा प्रवाह शिविर सुरु
- रसुवा बाढीपीडितका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले २२ लाखभन्दा बढी सहयोग गर्ने
- दुधकुण्ड मेलामा पुगेका ३ सय बढिको स्वास्थ्य परिक्षण
- त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन




2026-08-25-08-10-10.jpeg)


