आइतबार श्रावण ३१, २०८३
एक हप्तामा एक सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
सोलुखुम्बुः पछिल्लो एक सातामा १०३ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ । सोही अवधिमा खुम्बु क्षेत्रको भ्रमण सकाएर लुक्ला हुँदै हवाई जहाज मार्फत काठमाडौँ फर्किने पर्यटकको सङ्ख्या ५९ जना रहेको छ।
खुम्बु भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै क्षेत्रको शान्ति सुव्यवस्था मिलाउन स्थानीय प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकताका साथ अगाडि बढाएका कारण यस अवधिमा पर्यटक लक्षित कुनै पनि आपराधिक घटना नभएको र समग्र शान्ति सुरक्षा सुदृढ रहेको जनाएको छ।
ताजा खबर
सबै- एक हप्तामा एक सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
- सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री सुरु, प्रतिबोरा १२५ रुपैयाँसम्म छुट
- सोलुखुम्बुमा एक हप्ताको अवधीमा १९ सवारी साधन कारबाहीमा, २३ हजार राजस्व संकलन
- सोलुखुम्बुमा सडक अवरोध गरी ढुङ्गामुढा गर्न खोज्ने तीन जना पक्राउ
- सोलुखुम्बुमा कुटपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ


2026-08-16-11-55-56.jpeg)
2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)

