सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री सुरु, प्रतिबोरा १२५ रुपैयाँसम्म छुट
सोलुखुम्बुः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा जिल्लामा छुटमा चामल बिक्री सुरु गरेको छ। माथिल्लो निकायको निर्देशन अनुसार गत साउन २८ गतेदेखि लागू हुने गरी कार्यालयले सहुलियत मूल्यमा चामल बिक्री वितरण थालेको हो।
शाखाका प्रमुख निमेष कुमार यादवका अनुसार सदरमुकामका साथै दुर्गम क्षेत्र लुक्ला डिपोमा समेत गरी कुल १ हजार १ सय ४० बोरा चामल छुट मूल्यमा बिक्री गरिनेछ। कम्पनीले बिक्री गरिरहेका चार किसिमका चामलमा प्रतिबोरा १२५ रुपैयाँ (प्रति केजी ५ रुपैयाँ) छुट दिइएको छ। जसअनुसार यसअघि प्रतिबोरा २ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको स्टिम जिरा मसिनो र एफ.आर. स्टिम जिरा मसिनो चामल अहिले २ हजार १ सय ७५ रुपैयाँमा पाइनेछ।
त्यसैगरी साविकमा १ हजार ५ सय ५० रुपैयाँ पर्ने अरुवा सोना मंसुली र एफ.आर. अरुवा सोना मंसुली चामलको मूल्य घटाएर १ हजार ४ सय २५ रुपैयाँ कायम गरिएको छ। कम्पनीका शाखा प्रमुख यादवले माथिबाट तोकिए बमोजिमको १ हजार १ सय ४० बोरा चामल बिक्री भइसकेपछि यो छुट योजना स्वतः समाप्त हुने जानकारी दिनुभएको छ । चाडपर्व नजिकिँदै गर्दा संस्थानको वार्षिकोत्सवको अवसर पारेर दिइएको यस छुटबाट स्थानीय उपभोक्ताहरूलाई राहत पुग्ने विश्वास लिइएको छ।
ताजा खबर
सबै- एक हप्तामा एक सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
- सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री सुरु, प्रतिबोरा १२५ रुपैयाँसम्म छुट
- सोलुखुम्बुमा एक हप्ताको अवधीमा १९ सवारी साधन कारबाहीमा, २३ हजार राजस्व संकलन
- सोलुखुम्बुमा सडक अवरोध गरी ढुङ्गामुढा गर्न खोज्ने तीन जना पक्राउ
- सोलुखुम्बुमा कुटपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
2026-08-16-01-25-51.jpeg)

2026-08-16-11-55-56.jpeg)
2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)

