सोलुखुम्बुमा शत प्रतिशत धान रोपाइँ सम्पन्न
सोलुखुम्बुः सोलुखुम्बु जिल्लामा यस वर्षको धान रोपाइँ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभर शतप्रतिशत धान रोपाइँ सकिएको हो । जिल्लाका कुल आठ वटा स्थानीय तहमध्ये हिमाली क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक बाँकी सात वटा स्थानीय तहका १ हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत परमेश्वर चमारले जानकारी दिनुभयो।
ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा सबैभन्दा बढी ४७५ हेक्टर र महाकुलुङ गाउँपालिकामा सबैभन्दा कम १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। त्यसैगरी नेचासल्यान गाउँपालिकामा ३६० हेक्टर, सोताङ गाउँपालिकामा १६५ हेक्टर, लिखुपिके गाउँपालिकामा १३५ हेक्टर, माप्यदुधकोशी गाउँपालिकामा ४५ हेक्टर र सोलुदुधकुण्ड नगरपालिकामा ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
गत वर्ष भदौ १ गतेतिर मात्रै रोपाइँ सकिएकोमा यस वर्ष भने साउनको अन्तिम सातातिर नै रोपाइँ कार्य सकिएको ज्ञान केन्द्रले जनाएको छ। समयमै रोपाइँ सकिएसँगै अहिले जिल्लाका किसानहरू बालीको गोडमेल, मलजल तथा सिँचाइ व्यवस्थापनको काममा जुटिरहेका छन्।
ताजा खबर
सबै- जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा बढी असर परेको ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पाको भनाइ
- कृषि ज्ञान केन्द्र सोलुद्वारा आयोजित तीन दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न
- सोलुखुम्बु अदालतबाट सजाए तोकिएका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान
- सल्लेरीमा लाखे नाचको रौनकता
- सोलुखुम्बुमा शत प्रतिशत धान रोपाइँ सम्पन्न


2026-08-12-10-52-46.jpeg)
2026-08-15-07-52-39.jpeg)


