शनिबार, ९ श्रावण, २०८३ (1721240100)
बिहीबार श्रावण ३, २०८१

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा पाँच बर्ष यताकै उच्च राजश्व संकलन

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ५ वर्ष यताकै उच्च राजश्व सङ्कलन भएको छ ।  निकुञ्जमा  आर्थिक वर्ष  २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा  राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी गराउनु भएको छ । 

आर्थिक वर्ष २०७६/७७ मा ९ करोड ५७ लाख ६० हजार ९ सय ९४ रुपैयाँ राजश्व सङ्कलन गरेको निकुञ्जले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २१ लाख ५३ हजार ४ रुपैयाँ ३९ पैसा सङ्कलन गरेको थियो । 
निकुञ्जले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ३६ लाख ७ हजार ९ सय ९० रुपैयाँ ३९ पैसा कम राजश्व सङ्कलन गरेको थियो । 

यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड २ लाख ३८ हजार ३ सय ३८ रुपैयाँ  ६७ पैसा राजश्व सङ्कलन भएको थियो । 
निकुञ्जले आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो आर्थिक वर्ष भन्दा ४ करोड ८० लाख ८५ हजार ३ सय ३४ रुपैयाँ २८ पैसा बढी राजश्व सङ्कलन गरेको थियो । 

आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ८१ लाख ३६ हजार ८ सय १ रुपैयाँ २३ पैसा राजश्व सङ्कलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका निकुञ्ज संरक्षण अधिकृत समेत रहनु भएक निकुञ्जका सूचना अधिकारी मण्डलले बताउनु भएको छ । 

निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ८ करोड ७८ लाख ९८ हजार ४ सय ६२ रुपैयाँ ५६ पैसा बढी राजश्व सङ्कलन भएको थियो । 

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा आर्थिक वर्ष  २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी  मण्डलले जानकारी गराउनु भएको छ । 
आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ६६ लाख २३ हजार ७ सय ६४ रुपैयाँ ९७ पैसा बढी राजश्व सङ्कलन भएको छ । 

पाँच वर्षको अवधिमा सबै भन्दा कम राजश्व आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २१ लाख ५३ हजार ४ रुपैयाँ ३९ पैसा सङ्कलन भएको र सबै भन्दा बढी आर्थिक वर्ष  २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।