शनिबार असार २०, २०८३
गएराति देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने
गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा भेलबाढी नै बग्ने गरी पानी परेको छ । आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

