श्रम संस्कृति पार्टीे सोलुखुम्बुले तिव्रता दियो संगठन विस्तारलाई
श्रम संस्कृति पार्टीले सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तार तथा श्रमदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। पार्टीले सञ्चालन गरिरहेको ‘बृहत् भेला तथा हातेमालो कार्यक्रम’ अन्तर्गत जिल्लाका विभिन्न पालिकामा पुगेर भेटघाट, छलफल तथा संगठन विस्तारका गतिविधि अघि बढाइरहेको हो।
कार्यक्रमअनुसार १३ गते सोताङ गाउँपालिका, १४ गते महाकुलुङ गाउँपालिका र १५ गते माप्य दुधकोशी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको श्रम संस्कृति पार्टी सोलुखुम्बुका अध्यक्ष वियस राईले जानकारी दिनुभयो। पार्टीका नेता सुदन किराँतीको प्रमुख आतिथ्यतामा सञ्चालन भइरहेको उक्त अभियानमार्फत स्थानीय नागरिक तथा श्रमदातासँग भेटघाट गर्दै पार्टीको संगठनलाई थप विस्तार र सुदृढ बनाउने लक्ष्य राखिएको अध्यक्ष राईको भनाइ छ । जिल्लाका अन्य स्थानीय तहमा समेत कार्यक्रमलाई निरन्तरता दिँदै संगठन विस्तारका गतिविधि अगाडि बढाइने पार्टीले जनाएको छ।
ताजा खबर
सबै- हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसक्यो : क्यान
- एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
- सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
- कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान
- चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई

2026-10-16-05-32-28.jpeg)
2026-10-16-10-07-13.jpeg)




