चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङमा आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा चम्पादेवी पलापुले उपाधि जित्दै ह्याट्रिक गरेको छ । स्व. देण्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा पनि च्याम्पियन बन्दै चम्पादेवीले उपाधिमा आफ्नो वर्चस्व कायम राखेको हो सेभेन समिट फाउन्डेसन र सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङको संयुक्त आयोजनामा कात्तिक ११ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा लिखु पिकेलाई पराजित गर्दै चम्पादेवी पलापु उपाधि उचाल्न सफल भएको हो ।
खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ओखलढुङ्गा र सोलुखुम्बुका गरी आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो ।लगातार तीन संस्करणमा प्रथम स्थान हासिल गर्दै आएको चम्पादेवीले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गरेको छ । प्रतियोगितामा प्रथम हुने चम्पादेवीले दुई लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
त्यसैगरी दोस्रो हुने लिखु पिकेले एक लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले ९५ हजार रुपैयाँ र चौथो हुने टोलीले ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगितामा चम्पादेवीका नवीन श्रेष्ठ सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् । चम्पादेवीकै रमेश श्रेष्ठ उत्कृष्ट सेटर, लक्ष्मण भुजेल उत्कृष्ट ब्लकर तथा प्रनित मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।त्यस्तै लिखु पिकेका रोमन बस्नेत उत्कृष्ट सर्भर र विष्णु बस्नेत उत्कृष्ट स्पाइकर घोषित भए भने टाप्टिङका ङिमा शेर्पाले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे ।प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापा मगर र राष्ट्रिय रेफ्री विमल राणा मगरले सञ्चालन गरेका थिए । खेलकुदको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताले सोलुखुम्बु र ओखलढुङ्गाका खेलाडी तथा दर्शकबीच आपसी सम्बन्ध विस्तार गर्नसमेत सहयोग पु¥याएको छ ।
ताजा खबर
सबै- हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसक्यो : क्यान
- एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
- सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
- कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान
- चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई

2026-10-14-07-30-01.jpeg)





