सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
सोलुखुम्बुमा जिल्लाभित्र सञ्चालित उद्योग तथा व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका विषयमा छलफल गर्दै जिल्ला उद्योग प्रवद्र्धन समन्वय समितिको बैठक सम्पन्न भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सोमबार सम्पन्न बैठकमा जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना र प्रवद्र्धनका उपायबारे विस्तृत छलफल गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सुनिता राईका अनुसार बैठकमा जिल्लामा सञ्चालित उद्योग तथा व्यवसायको अवस्था समीक्षा गर्नुका साथै तिनको विकास र प्रवद्र्धनका लागि आवश्यक पहल तथा प्राथमिकताका विषयमा विचार आदानप्रदान गरिएको थियो। बैठकले जिल्लाको औद्योगिक तथा व्यावसायिक विकासलाई प्रभावकारी, व्यवस्थित र दिगो बनाउन आवश्यक सुझाव सङ्कलन गर्नुका साथै आगामी कार्यदिशाबारे समेत छलफल गरेको जनाइएको छ । स्थानीय स्रोत, साधन, सीप र सम्भावनाको अधिकतम उपयोग गरी उद्यमशीलता प्रवद्र्धन, उद्योग व्यवसायको विस्तार तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन बैठकले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
ताजा खबर
सबै- हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसक्यो : क्यान
- एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
- सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल
- कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान
- चम्पादेवीको ह्याट्रिक, देण्डी शेर्पा स्मृति कपको उपाधि चम्पादेवी पलापुलाई







