मंगलबार, १८ कार्तिक, २०८३ (1793643300)
मंगलबार कार्तिक १८, २०८३

कारागार सोलुखुम्बुलाई श्रम संस्कृति पार्टीद्वारा पुस्तक प्रदान

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर जिल्ला कारागार सोलुखुम्बुलाई विभिन्न विधाका पुस्तकहरू प्रदान गरेको छ।कारागारमा रहेका कैदीबन्दीहरूको अध्ययन तथा ज्ञान अभिवृद्धिका लागि पुस्तकहरू हस्तान्तरण गरिएको पार्टीका जिल्ला अध्यक्ष वियस राईले बनाउनुभयो ।

कैदीबन्दीहरूमा सकारात्मक सोचको विकास, सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तक प्रदान गरिएको पार्टीले जनाएको छ।प्रदान गरिएका पुस्तकहरूमा उपन्यास, जीवनी, कविता, कानुनलगायत विभिन्न विधाका पुस्तकहरू रहेका छन्। पुस्तक अध्ययनले कैदीबन्दीहरूलाई आफ्नो जीवन, समाज र भविष्यप्रति सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पार्टीको पहिलो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको उक्त कार्यले कारागारभित्र अध्ययन संस्कृतिको विकास तथा ज्ञान र चेतनाको विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।