बिहीबार, २९ असोज, २०८३ (1791828900)
मंगलबार असोज २७, २०८३

थुलुङ दुधकोशीको नेले बजारमा अनुगमन, अखाद्य सामग्री बरामद गरी नष्ट

   सोलुखुम्बुः  थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा विशेष बजार अनुगमन गरिएको छ। चाडपर्वहरूमा म्याद गुज्रेका सामग्री बिक्री–वितरण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाको बजार अनुगमन समितिले असोज २० गते विशेष अनुगमन टोली गठन गरेको थियो। उक्त टोलीले असोज २७ गते (मंगलबार) नेले बजारका कूल २७ वटा पसलहरूमा पुगेर अनुगमन गरेको हो।
   अनुगमनका क्रममा भेटिएका ३२ हजार ३४० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रेका र गुणस्तरहीन सामग्रीहरू अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका ती सम्पूर्ण अखाद्य सामग्रीहरू वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारको प्रत्यक्ष रोहवरमा नष्ट गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभएको छ।