माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको म्याराथन प्रतियोगिता सम्पन्न
सोलुखुम्बुः माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको वार्षिक उत्सवको अवसरमा आयोजित म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। फाप्लुदेखि सुरु भएको म्याराथन दोर्पुस्थित योङ स्टार क्लबमा आइपुगेर सम्पन्न भएको हो। प्रतियोगितामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यार्थीतर्फ छात्र विधामा कक्षा ९ का ङवाङ शेर्पाले प्रथम, कक्षा ९ कै सञ्जीव श्रेष्ठले द्वितीय र कक्षा ९ का साँगे तामाङले तृतीय स्थान हासिल गरेका छन्। छात्रातर्फ कक्षा १० की रोमाना मगर प्रथम, कक्षा ६ की अनिशा तामाङ द्वितीय र कक्षा ७ की चाँदनी तामाङ तृतीय भएका छन्।
त्यस्तै, अभिभावकतर्फ पुरुष विधामा गीता बहादुर सुनुवार प्रथम, सुबिन राई द्वितीय र धनकुमार राई तृतीय भएका छन्। महिला अभिभावकतर्फ अनिशा राईले प्रथम, बिना राईले द्वितीय र शर्मिला राईले तृतीय स्थान हासिल गरेका छन्।
शिक्षकतर्फ पुरुष विधामा नवराज ढकाल प्रथम, आकाश राई द्वितीय र सुमन राई तृतीय भएका छन्। महिला शिक्षकतर्फ अस्मिता राई प्रथम, निमा याङ्गी शेर्पा द्वितीय र यमुना भुजेल तृतीय भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विजेता तथा धावकहरूलाई विद्यालयको वार्षिक उत्सव समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
ताजा खबर
सबै- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
- सोलुखुम्बुमा नयाँ नोटको साटो सुकिला नोट सटही गर्दै राष्ट्रिय वाणिज्य बैंक
- थुलुङ दुधकोशीमा बजार अनुगमन, ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी
2026-10-04-10-29-10.jpeg)
2026-10-03-07-40-51.jpeg)



