बुधबार, २१ असोज, २०८३ (1791224100)
मंगलबार असोज २०, २०८३

सोलुदुधकुण्ड–४ फाप्लुलाइ असोज २५ गते ’बालमैत्री वडा’ घोषणा गरिने

     सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुलाई ‘बालमैत्री वडा’ घोषणा गरिने भएको छ । यहि असोज २५ गते बालमैत्री वडा’ घोषणा गरिने कार्यक्रम तय गरीएको सोलुदुधकुण्ड नगरपालिका–४ का वडाध्यक्ष युवास तामाङले जानकारी दिनुभयो ।
   बालबालिकाको सर्वाङ्गीण विकास, बालअधिकारको सुनिश्चितता तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले विशेष कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गर्न लागेको हो।
   वडा अध्यक्ष तामाङका अनुसार बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक तथा मापदण्ड पूरा गर्ने प्रक्रियाअनुसार कार्यक्रम अघि बढाइएको हो। घोषणासँगै बालबालिकाको सहभागिता, संरक्षण, विकास र अधिकारलाई स्थानीय तहको प्राथमिकतामा थप प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
   कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बालबालिका, अभिभावक, शिक्षक, विभिन्न संघसंस्था तथा सरोकारवालाको सहभागिता रहने वडा कार्यालयले जनाएको छ।