दुधकुण्ड मेलामा ६१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा, लेक लागेका २ जनाको आकस्मिक उद्धार
सोलुखुम्बु — जनै पूर्णिमाको अवसरमा सोलुदुधकुण्ड नगरपालिकाद्वारा आयोजित ठुलो दुधकुण्ड मेलामा सञ्चालित निःशुल्क प्राथमिक स्वास्थ्य उपचार सेवाबाट ६१ जना तीर्थयात्री तथा पदयात्रीले प्रत्यक्ष लाभ लिएका छन्। गत भदौ १० देखि १२ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमार्फत कुल ३२ जना महिला र २९ जना पुरुषले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका हुन्। हाइ अल्टिच्युट क्षेत्रमा आयोजना गरिएको मेलामा यात्रुहरूलाई पर्न सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिकाले यो शिविरको प्रबन्ध गरेको थियो।
मेलामा पुगेका यात्रुहरूमा मुख्यगरी उच्च उचाइका कारण हुने लेक लाग्ने समस्या ग्यास्ट्रिक, शरीर दुख्ने, घाँटी दुख्ने, रुघाखोकी तथा पखालाजस्ता स्वास्थ्य समस्याहरू बढी देखिएको टाक्सिन्दु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पूर्ण बहादुर विकले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य शिविरमा खटिएका टाक्सिन्दु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पूर्ण बहादुर विक, चार जना नगर प्रहरी र एक जना सहयोगी सम्मिलित टोलीले बिरामीहरूको तत्काल उपचार गरी उनीहरूको पदयात्रालाई सहज र सुरक्षित बनाउन भूमिका खेलेको थियो।
शिविर सञ्चालनका क्रममा दुधकुण्ड क्षेत्रमा लेक लागेर गम्भीर बिरामी परेएका दुई जना यात्रुको आकस्मिक उद्धार समेत गरिएको छ। भदौ ११ गते राति दुधकुण्डबाट २४ र ४५ वर्षका दुई जना पुरुषलाई उद्धार गरी सहर्ष बेनीतर्फ झारिएको थियो। उद्धार गरिएकामध्ये २४ वर्षीय पुरुष प्राथमिक उपचारपछि सामान्य अवस्थामा फर्किएर घर फर्किसकेका छन् भने अर्का ४५ वर्षीय पुरुषको हाल फाप्लु अस्पतालमा उपचार भइरहेको छ।
दुर्गम तथा उच्च हिमाली भेगमा आयोजना गरिएको यस शिविरले मेलामा सहभागी हुन आएका भक्तजन र पर्यटकहरूलाई ठूलो राहत पु¥याएको टाक्सिन्दु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पूर्ण बहादुर विकलेबताउनुभयो । स्थानीय तहको यो तत्परता र स्वास्थ्यकर्मीसहित नगर प्रहरीको खटाइले गर्दा मेला अवधिभर सम्भावित ठूलो जोखिम टरेको र यात्रुहरूले सुरक्षित रूपमा यात्रा पूरा गर्न सकेको बताइएको छ।
ताजा खबर
सबै- दुधकुण्ड मेलामा ६१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा, लेक लागेका २ जनाको आकस्मिक उद्धार
- भोटेकोशी बाढीमा सोलुखुम्बुका ३७ जना बेपत्ता, ४ जना सम्पर्कमा
- सोलुखुम्बुमा वन्यजन्तुको आक्रमणबाट प्रभावित पीडितहरूलाई ४ लाख बढी राहत वितरण, केहीको भुक्तानी बाँकी
- सोलुखुम्बुमा भदौ चौध गते सात घण्टा विद्युत आपूर्ति बन्द हुने
- जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ सेवा र एम्बुलेन्स सञ्चालनको तयारी



2026-08-25-08-10-10.jpeg)



