शनिबार, १३ भदौ, २०८३ (1787854500)
शुक्रबार भदौ १२, २०८३

  फाक्दिङमा बिरामी परेका शेर्पाको प्रहरीद्वारा उद्धार, थप उपचारका लागि लुक्ला पठाइयो

   सोलुखुम्बुः   खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर तीन फाक्दिङस्थित ठूलो गुम्बामा पूजा गर्न पुग्नुभएका ३७ वर्षीय नाङलोडे शेर्पा बिरामी परेपछि प्रहरीले उद्धार गरेको छ। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर आठका बासिन्दा शेर्पालाई गुम्बामा पूजा गर्ने क्रममा अचानक ग्यास्ट्रिकको समस्या देखिएपछि स्थानीय हिमालयन अस्पतालमा उपचाररत रहनुभएको थियो । 
  अस्पतालमा उपचारकै क्रममा मुटुसम्बन्धी थप समस्या देखिएपछि चिकित्सकले थप उपचारका लागि लुक्ला लैजानुपर्ने सल्लाह दिएका थिए। सो घटनाको जानकारी भदौ बाह्र गते दिउँसो प्राप्त हुनासाथ प्रहरी चौकी नाचिपाङका प्रहरी वरिष्ठ हवल्दार सत्यनारायण मण्डलको कमान्डमा खटिएको प्रहरी टोली र नगर प्रहरीको सहयोगमा उहाँलाई स्टेचरमा बोकेर सुरक्षित रूपमा लुक्लातर्फ लगिएको जिल्ला  प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।