शनिबार, ९ श्रावण, २०८३ (1749147300)
शुक्रबार जेठ २४, २०८२

सोलुखुम्बुमा १५ दिने कफी तालिम सुरु

  सोलुखुम्बुः सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिकाद्धारा  गरिवी निवारणको लागी उद्यम  विकास कार्यक्रम मेडपा अन्तर्गत  एडभान्स वारिष्ता कफी सीप विकास १५ दिने तालिम आजबाट सुरु भएको छ । कार्यक्रम  अध्यक्षता सोलुदुधकुण्ड नगरपालिका वडा न ४को अध्यक्ष युवास तामाङ र प्रमुख अतिथि नगर प्रवक्ता फुर्वा ग्याल्जेन रहेको  तालिममा 
स्थानिय कृषक तथा युवालाइ खेतीप्रति आकर्षित गर्न तथा आयआर्जनका अवसर सिर्जना  गर्न ,स्वरोजगार प्रवद्र्धन गर्न , अवसर सिर्जना गरी गरिब परिवारको जिबनस्तर सुधार   गर्र्नै उदेश्यले तालिम आयोजना गरिएको होे । तालिमा  वडा न ४, ५ गरी २५ जनाको सहभागीता रहेको छ । सहभागीहरूलाई तालिम प्रशिक्षक सुवास तामाङले सहजीकरण गरिरहनुभएको  उद्यम विकास सहज कर्ता भविसरा बुढाले जानकारी दिनुभयो ।उक्त तालिममा सहभागीहरुले यसबाट प्राप्त ज्ञान आफनो खेतबारीमा प्रयोग गरी कफी उत्पादनमा गुणस्तर वृद्धि हुने  अपेक्षा ब्यक्त गरेका छन् । तालिम असार ६ गते सम्म सच्चालन हुने छ ।