शनिबार, ९ श्रावण, २०८३ (1739988900)
बिहीबार फाल्गुण ८, २०८१

चियाको चुस्किसंगै कतै कडा बहस त कतै मीठा बात 

बजारमा थरी परी चिया अनि कफी । ग्रिन टी, ब्याक टी, मिल्क टी, मड्का चिया, मसाले दार चिया, क्यापाचिनो, अमेरिकानो, एक्प्रेसो ....

चिया र कफीको चुस्किसंगै कतै कडा बहस त कतै दोषारोपण अनि कतै मीठा बात  । 

व्यवसायीको उद्देश्य व्यापार बढाउनु हो भने चिया खानेको उद्देश्य पनि आफ्ना आफ्नै । 

चिया गफको अर्थ सुमधुर भेटघाट, बिग्रेका सम्बन्ध फेरि मिलाउनु, यथावत् सम्बन्धलाई अझ कसिलो बनाउनु, नयाँ सम्बन्ध बनाउनु, लेनदेन मिलाउनु, कुर्न, कुराउन अनि टाइम पास । 

राजनीतिक बहस, ठेक्का पट्टाको बहस, लेनदेन नमिलेकोमा दोषारोपण, हार-जितका कुरा, प्रेम अनि बिछोडका कुरा, कार्यक्षेत्र अनुसारको तनावको गफ, पारिवारिक गफ अनि विगत र भविष्यका कुरा । व्यवसायीक घाटा नाफाका कुरा ।

होटेल अनि चियाको प्रकार अनुसार फरक-फरक दाम । 

२० रुपैयाँ कप देखि सुरु भएको चियाले वर्षौँ वर्षसम्मको सम्बन्धलाई प्रगाढ बनाउँदै बाकी समयमा हुने सहकार्यलाई नवीकरण गर्नु पनि हो । कामको निरन्तरता, थाती राख्नुपर्ने काम अनि स्थगित कामहरूको विषयमा जानकारी लिनु दिनु हो । 

चिया खाने कि पिउने भन्ने कुरामा हाँसो पनि हुन्छ । कुन चिया खाने रोजाई पनि आफ्नै । 

चिया गफमा चियाको स्वादको पनि बयान ।  यद्यपि, बजारमा चियाको आफ्नै सान अनि मान छ ।  मीठो चिया पाउने ठाउँमा फेरि अर्को चिया गफ गर्ने बाचा गर्दै अन्तिम घुट्की ।