सगरमाथा क्षेत्र जोडियो सडक सञ्जालमा,प्रधानमन्त्री ओलीद्वारा सडकको उद्घघाटन
सोलुखुम्बु : प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्नुभएको छ । २ बर्ष बढीको प्रयास पश्चात खुम्बु क्षेत्र जोड्ने सडकको ट्रयाक ओपन कार्य यसै महिनामात्र पुरा भएको गाउँपालिकाले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका,माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बु क्षेत्र पुगेको सडकको ट्रयाक ओपनका क्रममा खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं.१ खरिखोलादेखि सुर्केसम्मको करिब २५ किलोमिटरमा १६ करोड बढी लागत लागेको पालिकाले जनाएको छ ।
सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले सडक पूर्वाधारले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सोलुखुम्बु साहसिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात साहसिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको बताउनुभयो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उहाँको भनाइ छ ।
सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

