सोलुखुम्बुमा प्रयोगमै नआई जीर्ण बन्यो शेर्पा समाज सेवा गुठीको भवन
सोलुखुम्बुमा M सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ (साविक गार्मा वडा नम्बर ८) मा करिब १७ वर्ष अगाडि निर्माण सम्पन्न भएको शेर्पा समाज सेवा गुठीको भवन उद्घाटन नै नभई जीर्ण बनेको छ । वि.सं. २०६६ साल वैशाख २१ गते शिलान्यास भई निर्माण गरिएको उक्त भवन लामो समयदेखि प्रयोगविहीन हुँदा अहिले भत्किने अवस्थामा पुगेको हो। स्थानीय समुदायमा शेर्पा संस्कृति, संस्कार र विशेषगरी मातृभाषा सिकाउने पवित्र उद्देश्यका साथ उक्त भवनको निर्माण परिकल्पना गरिएको थियो। स्थानीय दाता जाङबु शेर्पाले निःशुल्क उपलब्ध गराएको २ रोपनी जग्गामा ’गार्मा शेर्पा किदुक छोक्पा’ को नाममा जग्गा पास गरी भवन निर्माणको काम अगाडि बढाइएको थियो।
तत्कालीन समयमा ’डिलिप’ नामक संस्थाको आर्थिक सहयोग र करिब ८ लाख रुपैयाँको लागतमा यो भवनको निर्माण कार्य सम्पन्न भएको थियो। भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका करिब ५ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको थियो। तर, निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि भवनको औपचारिक उद्घाटन हुन सकेन। संरक्षण, रेखदेख र प्रयोगको अभावमा यो भवन हाल पूर्ण रूपमा अलपत्र र जीर्ण बनेको स्थानीय फुरी शेर्पाले जानकारी दिनुभयो मातृभाषा संरक्षण र सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ खर्च गरेर बनाइएको सरकारी तथा संस्थागत सम्पत्ति यसरी प्रयोगमै नआई खण्डहर बन्नु दुःखद भएको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन्।
ताजा खबर
सबै- सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री
- सोलुखुम्बुमा प्रयोगमै नआई जीर्ण बन्यो शेर्पा समाज सेवा गुठीको भवन
- सोलुखुम्बुमा भारी वर्षा र हिमपातको सम्भवना, उच्च सावधानी अपाउन आग्रह
- सोलुखुम्बुका ६४५ जना मतदाताको नामावली हटाइयो
- जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले गर्यो साडे ५ लाख राजश्व संकलन





2026-10-22-05-23-27.jpeg)

