शनिबार, ९ श्रावण, २०८३ (1724091300)
मंगलबार भदौ ४, २०८१

दुधकुण्ड पुगेका भक्तजनहरुको सशस्त्र प्रहरी बलद्वारा स्वास्थ्य जाँच

सोलुखुम्बु । जनै पूर्णिमाको अवसरमा सोलुखुम्बुको दुधकुण्ड दर्शनमा गएका भक्तजनहरुलाई सशस्त्र प्रहरी बल सोलुखुम्बुले स्वास्थ्य जाँच तथा उद्दार गरेको छ । सोलुदुधकुण्ड नगरपालिका १ मा टाक्सिन्दुमा अवस्थित दुधकुण्ड पुगेका करिब ६० जना भक्तजनको सशस्त्र प्रहरी बलले स्वास्थ्य जाँच गरेको हो । 

सशस्त्र प्रहरी बल आश्रीत गुल्म सोलुखुम्बुवाट सहायक प्रहरी नायब निरिक्षक युवराज राउतको कमाण्डमा खटिएका ११ जनाको सशस्त्र प्रहरी टोलीले निशुल्क स्वास्थ्य जाँचका साथमा औषधी समेत वितरण गरेको गुल्मले जनाएको छ । गुल्मले दुधकुण्ड पोखरीमा हुने भिडभाड व्यवस्थापनका साथमा मेला समापन पछि दुधकुण्ड मन्दिरतथा पोखरीको सरसफाई समेत गरेको छ । 

जनै पूर्णिमाको अवसरमा मेला लाग्ने सोलुखुम्बुको सानो दुधकुण्ड फाप्लु र चाँगेस्थान लगायत्का क्षेत्रमा समेत सशस्त्र प्रहरी बल पुगेको थियो ।  मेला लागेका स्थानहरुमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय स्वयम् सेवकहरुले सक्रियताकासाथ कार्य गरेका थिए । 

01.jpg02.jpg03.jpg04.jpg