भौतिक भन्दा बौद्धिक विकासमा वडाको जोड-वडा अध्यक्ष कुलुङ
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सरस्वती कुलुङले भौतिक विकास भन्दा बौद्धिक विकासमा आफ्नो जोड रहेको बताउनुभएको छ । जनचेतना विनाको विकास असम्भव हुने विचार व्यक्त गर्दै वडाका नागरिकमा चेतना फैलाउने आफ्नो उद्देश्य रहेको वहाँको भनाई छ ।
वडा अध्यक्ष कुलुङले सोलु एफ. एम.सँग कुराकानी गर्दै नागरिकको चेतना स्तरमा वृद्धि भएमा वडाका कार्यक्रम तथा योजनाप्रति चासो र खोजी बढ्ने स्पष्ट पार्नुभयो । नागरिकले पनि वडा कार्यालयको कामको निगरानी गर्ने चेतना राख्न जरुरी रहेको बताउँदै विकल्प सहितको विरोध आउनुपर्ने वहाँको भनाइ छ ।
वडा अध्यक्ष कुलुङले आफ्नो वडामा विभिन्न समयमा चेतना स्तर वृद्धिका लागि वडाले महत्त्वपूर्ण कार्यक्रमहरूको आयोजना गरेको जानकारी दिनुभयो ।
सोलु एफ. एम. सँग कुराकानी गर्दै वहाँले वहाँले वडामा पूर्वाधारका कामहरू निरन्तर भइरहेको बताउँदै वडामा सचेतना जनचेतना फैलाउने काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
वडा कार्यालयबाट टोल विकास संस्था, अगुवा नागरिक साथै बुद्धिजीवीहरूको सल्लाह सुझावको आधारमा योजनाहरू छनौट गरिएको जानकारी दिनुभयो । साथै आवश्यकताका आधारमा योजनाहरूको प्राथमिकरण गरी योजनाको माग र कार्यान्वयनमा ध्यान दिएको वडा अध्यक्ष सरस्वती कुलुङको भनाइ छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

