सोमबार असोज ८, २०८०
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी
सोलुखुम्बु : कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी नियुक्ति हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तारका क्रम राजभण्डारीलाई दोस्रो पटक मन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, धनकुटाका निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गर्नुभएको छ ।
यस्तै कार्कीले सुनसरीका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभयो ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार बनेको एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।





2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)