३९ वर्ष लामो राजनैतिक यात्रामा सुर्यकुमारीको ब्रेक,रास्वपा प्रवेश
सोलुखुम्बु : नेकपा (एमाले) की नेतृ सूर्यकुमारी सुनुवारले पार्टी परित्याग गर्नुभएको छ । झन्डै चार दशक (३९ वर्ष) लामो राजनीतिक यात्रालाई बिट मार्दै उहाँले एमाले छाडेको घोषणा गर्नुभएको हो ।पार्टीमा अवसरवादीहरूको झुण्डमात्र बाँकी रहेको, पार्टीमा सिद्धान्त र व्यवहार नरहेको, ठेक्कापट्टा र कमिसन खोरीहरूले पार्टीमा हस्तक्षेप गरेको, पार्टी भ्रष्टाचारीको अखडा भएको, पार्टी राणा शासन र शाहवंशीय शासनभन्दा पनि बढी एकतन्त्रीय र तानाशाही बनेका उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण हुने, राजनीतिमा नयाँ अनुहार आउने, युवाहरूको बाहुल्यता रहेको र परिवर्तनका लागि नयाँ नीति नियम बन्ने विश्वासका साथ आफू रास्वपामा आबद्ध हुन लागेको उहाँले उल्लेख गर्नुभयो ।
सुनुवारको राजनीतिक यात्रा वि.सं. २०४४ सालबाट सुरु भएको थियो। त्यतिबेला कक्षा ८ मा अध्ययनरत रहँदा १३ वर्षकै कलिलो उमेरमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी (प्रा.क.) सदस्य बनेर राजनीतिमा होमिनुभएको थियो ।
विद्यार्थी आन्दोलनका क्रममा उहाँ विद्यालयबाट ’रेस्टिकेट’ (निष्कासन) समेत हुनुभएको थियो । त्यसपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला ओखलढुंगामा रहेर भूमिगत जनसंगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको सुनुवार २०४६ चैत २६ गते प्रजातन्त्रको घोषणापश्चात् सोलुखुम्बुमा पार्टी संगठन विस्तारको काममा तल्लीन रहेको बताउनुभयो । वि.सं. २०४७ साल साउन १० गते पार्टीकै पहलमा नेकपा एमाले सोलुखुम्बुका संस्थापक नेता डि.बी. किरातीसँग उनको जनवादी विवाह सम्पन्न भएको थियो। लामो राजनीतिक जीवनमा उहाँले पार्टीको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्मालनुभएको थियो । सुनुवारले एमालेको कोशी प्रदेश कमिटीमा रहेर दुई कार्यकाल काम गरिसक्नुभएको छ ।
यसैगरी, जनवर्गीय संगठनतर्फ अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवार निर्वाह गर्नुभएको थियो ।
ताजा खबर
सबै- सगरमाथा आधार शिविरमा एक जोडीको विवाह
- ३९ वर्ष लामो राजनैतिक यात्रामा सुर्यकुमारीको ब्रेक,रास्वपा प्रवेश
- कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- अउदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठव्रत समापन
- सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


2026-10-16-05-32-28.jpeg)



