मंगलबार मङ्सिर ९, २०८३
सोलुखुम्बुमा विद्युत सर्ट हुदा एक घर जलेर नष्ट
सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिका–५ खोलाखर्कमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान करिब ७ बजेको समयमा घरमा अचानक विद्युत सर्ट हुदा बिक्रम तामाङको घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ढुङ्गा, माटो र टिनको छानोले बनेको दुईतले घरमा फैलिएको थियो।
आगलागी भएको जानकारी प्रहरी चौकी बासामा प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाको करिब तीन घण्टा लामो संयुक्त प्रयासपछि आज बिहान ९ आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट तामाङको घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। आगलागी भए पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा विद्युत सर्ट हुदा एक घर जलेर नष्ट
- सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योगको शिलान्यास
- सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, ११ वर्षमा ५ वटा दुर्घटना
- सोलुखुम्बुमा एक युवकको हत्या: संलग्न ४ जना पक्राउ, ५ दिनको म्याद थप
- सोलुखुम्बुका २ पालिका भूमिहीन समस्यामुक्त घोषणा,जिल्लालाई नै समस्यामुक्त घोषणा गर्ने लक्ष्य







