राष्ट्रिय उद्योग दिवसको अवसरमा सोलुखुम्बुका ८ जना उत्कृष्ट उद्यमी सम्मानित
सोलुखुम्बु : राष्ट्रिय उद्योग दिवस २०८३ को अवसरमा सोलुखुम्बु जिल्लाका ८ जना उत्कृष्ट एवं सफल कृषि तथा अन्य उद्यमीहरूलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा उद्योग व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने उद्यमीहरूलाई आज एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै उद्यमशीलतामा लाग्ने व्यवसायीहरूले जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पु¥याएको भन्दै आगामी दिनमा राज्यका तर्फबाट अझ बढी प्रविधि र सहुलियतमा सहयोग गरिनुपर्नेमा जोड दिएका छन ।
सम्मानित हुने उत्कृष्ट उद्यमीहरूमा कान्छा शेर्पा, एभरेष्ट कार्पेट उद्योग सोलुदुधकुण्ड नगरपालिका–२, ङवाङ पाल्देन शेर्पा, साङगीफुक चौँरी पालन फर्म सोलुदुधकुण्ड नगरपालिका–२, साङ्गे शेर्पा, सुकेपोखरी चौँरी फर्म सोलुदुधकुण्ड नगरपालिका–९, भानुभक्त श्रेष्ठ, प्रगतिशील पशु तथा कृषि फर्म सोलुदुधकुण्ड नगरपालिका–७, युवराज राई, दुधकोशी बहुउद्देश्यीय फलफूल नर्सरी तथा उत्पादन फर्म थुलुङ दुधकोशी गाउँपालिका–८, गोपाल कार्की, अरुण कृषि फर्म सोलुदुधकुण्ड नगरपालिका–११, दुर्गा कुमारी श्रेष्ठ राजभण्डारी, गौरीशंकर कृषि तथा पशु फर्म सोलुदुधकुण्ड नगरपालिका–७ र थकु माया दर्जी, गोपाल टेलर्स थुलुङ दुधकोशी गाउँपालिका–५ का उद्यमीलाई नगद ३ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएका हो ।
कार्यक्रममा प्रस्तुत विवरण अनुसार प्रदेश सरकार स्थापना भएयता सोलुखुम्बुमा ३,६५३ वटा उद्योग र १,९६४ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने कुल २ करोड ५ लाख ८६ हजार ४ सय ८६ रुपैयाँ राजस्व संकलन भएको भएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख प्रेमचन्द्र कुलुङले जानकारी दिनुभयो । यसैगरी, सीपमूलक तथा उद्यमशीलता विकास सम्बन्धी ७९ वटा तालिम सञ्चालन गरी १ हजार ३०९ जनालाई प्रत्यक्ष लाभान्वित बनाइएको छ ।
अचार, जुस, जाम, वाइरिङ, गलैँचा बुनाइ, अल्लो तथा खाडी कपडा बुनाइ जस्ता तालिम सञ्चालनमा कुल २ करोड ७१ लाख ८८ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै, २८१ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गर्न १ करोड ७१ लाख ८५ हजार ५ सय रुपैयाँ खर्च गरिएको र पछिल्ला वर्षहरूमा राज्यले सहुलियतपूर्ण कर्जा तथा ’स्टार्टअप’ उद्यम कर्जा विस्तार गर्ने नीति अगाडि सारेको सो अवसरमा जानकारी गराइएको थियो।
ताजा खबर
सबै- राष्ट्रिय उद्योग दिवसको अवसरमा सोलुखुम्बुका ८ जना उत्कृष्ट उद्यमी सम्मानित
- सोलुखुम्बुमा विद्युत सर्ट हुदा एक घर जलेर नष्ट
- सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योगको शिलान्यास
- सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, ११ वर्षमा ५ वटा दुर्घटना
- सोलुखुम्बुमा एक युवकको हत्या: संलग्न ४ जना पक्राउ, ५ दिनको म्याद थप






