राहत तथा उद्धारमा कमि हुनेछैन : प्रमुख जिल्ला अधिकारी शाही
सोलुखुम्बु : दिनप्रतिदिन वर्षातको समय नजिकिदै छ । वर्षातको समय नजिकिएसंगै बाढी तथा पहिरोको जोखिम पनि उच्च हुन्छ ।
हिमाली जिल्ला सोलुखुम्बु पनि बाढी र पहिरोको जोखिममा रहेको बताइन्छ । केही क्षेत्र बाढी तथा पहिरोको उच्च जोखिममा रहेकाले पनि राहत तथा उद्धारको सवालमा आफुहरु तयारी रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको भनाई छ । यहि विषयमा प्रजि शाही संग सोलु एफ.एम.का सहकर्मी सुबास दर्नालले गर्नुभएको कुराकानीको संपादित अंश ।
अब बर्षातको समय सुरु हुँदै छ, जिल्लामा बाढी पहिरोको जोखिम कतिको छ ?
हाल हेर्दा सोलुखुम्बु जिल्लामा अन्य जिल्लाको भन्दा जोखिम कम रहेको छ । तर यहाँको बस्तीहरु अलि जोखिमपूर्ण ठाउँमा छ । भिरालो ठाउँहरुमा छ ।
तर पनि ढुक्क हुने स्तिथी त छैन नि ?
हजुर ढुक्क हुने स्थिती नरहेकाले जहाँ छौँ, सुरक्षित रहने, तयारी रहने, सजग रहने, त्यसो हुँदा आम दाजुभाई दिदी बहिनीहरुलाई सुरक्षित भएर बस्न र कुनै पनि बिधुतीय घटना घटेमा वा जानकारी प्राप्त भएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन म अनुरोध गर्दछु ।
जिल्लामा यदि त्यस्तो अवस्था आएमा राहत तथा उद्धारको व्यवस्था के कस्तो छ ?
हामी सुरक्षा र राहातको लागि व्यवस्थापनको तयारी गरिरहेका छौं । हाल कुनै पनि घटना घट्न सक्ने सम्भावना भएकाले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छु । कुनै पनि घटना हुने बित्तिकै हामी पुग्न सक्ने अवस्थामा छौं ।
जिल्ला बिपद् ब्यावस्थापन समितीले त्यस्ता केही सम्भावित क्षेत्रहरु पहिचान गरेको छ ?
जिल्लाको विभिन्न ठाउँ जहाँ बाढी र पहिरोको बढी जोखिम हुन्छ, त्यस्ता ठाउँहरुको हामीले अभिलेखीकरण गरेका छौ । हामीले हाम्रा सबै सुुरक्षा निकायहरुलाई ती ठाउँहरु जानकारी गराएर त्यस्तो अवस्थामा बुझ्न र जिल्लामा कुनै पनि क्षेत्रमा त्यस्ता घटना घटेमा जिल्लामा रिपोटिङ गर्न भनेका छौं । र अहिलेसम्म कुनै घटना घटेको छैन त्यही रिपोर्टिङ भएको छ हामीलाई ।
राहत र उद्धारका लागि व्यवस्थापन समितीसँग के छ साधन स्रोतको ब्यवस्था ?
अहिले हामीसँग उद्धारको लागि नेपाल प्रहरीको टोली, शस्त्रप्रहरी बल तयारी अवस्थामा छ । कुनै पनि ठाउँमा त्यस्तो घट्ना घटेमा हामी तत्काल त्यस क्षेत्रमा टोली परिचालन गर्छौै । हामी स्थानीय तहहरुसँँग समन्वय गरेर त्यस क्षेत्रका बिपद्बाट प्रभावित भएका बासिन्दाहरुलाई चाहिने भयोे भने उहाँहरुसँग नि समन्वय गर्छाैै । हामीसँग जिल्लामा अहिले आपतकालिन अवस्थामा प्रयोगमा आउन सक्ने गरि टेन्टहरु त्रिपालहरु छ । हामी त्यसको व्यवस्थापन गछौं । उहाँहरुलाई सरकारबाट तत्काल राहतको व्यवस्थापन पनि गछौं ।
भनेपछि जिल्लामा कुनेै पनि त्यस्ता बिपद् आईलाग्यो भने नागरिकले राहत र उद्धारमा कमीको महशुुस गर्न पाउँदैनन् ?
कुनै पनि नागरिकले राहतको कमी हुन पाउँदैन । तर मनसुनको अवस्था हुने भएकाले नागरिहरु पनि आफै सचेत रहेर कुनै पनि ठाउँमा विपद्को अवस्था सृजना हुनसक्छ । त्यसैले चनाखो अवस्थामा रहेर, कुनै पनि ठाउँमा त्यस्तो घटना घटेमा उद्धारको लागि खटिहाल्ने, धनजनको सुरक्षाको लागि तत्पर रहने, त्यसको जानकारी जिल्लामा गराउने र हामी जिल्लाबाट तत्काल थप टोली परिचालन गर्छौ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा







